विश्वमै सर्वाधिक चर्चित बनेको ‘ग्याङनम स्टाइल’ गीतले युट्यूबलाई नै चुनौती दिएको छ । दक्षिण कोरियाका पप गायक साइ को यो चर्चित भिडियोले विश्वमा सर्वाधिक धेरै हेरिएको भिडियोको रेकर्ड बनाएको थियो । 
अब यो गीतले अर्को एक रेकर्ड पनि बनाएको छ । युट्यूबमा यो गीत दर्शकले यती धेरै रुचाए कि यो गीतलाई गन्ने क्षमता नै युट्यूबले राख्न सकेन । जसका कारण युट्यूबको भ्यू काउन्टर नै बिग्रिएको छ । 
भिडियो हाल्न र हेर्न मिल्ने युट्यूब का संचालकले नौ बर्षअघि यो सर्भरको सुरुवात गर्दा २ अर्बभन्दा बढी कुनै भिडियो हेरिएला भन्ने सोचेनन् । जसका कारण २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ पटक भन्दा बढी कुनै पनि भिडियोको स्टोर गर्न मिल्ने क्षमता युट्यूबमा बनाइएन । तर, ‘ग्याङनम स्टाइल’ गीतले भने यो काउन्ट नै पार गरेपछि युट्यूबको भ्यू काउन्टर नै बिग्रन पुग्यो । युट्यूबले गुगल प्लससँग सल्लाहा गरेर नयाँ भ्यू काउन्टर बनाएको छ। 
हेर्नुहोस् https://www.youtube.com/watch?v=9bZkp7q19f0
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK