आफ्नो ल्यापटपमा निकै महत्वपूर्ण काम गरिरहँदा वा फोनमा कुरा गर्दा, हामीमध्ये धेरैले जीवनमा एकपटक ब्याट्रिका कारण समस्या झेल्नु परेको होला। एक समयपछि चाहे त्यो ल्यापटप होस् या फोन सबैको ब्याट्रिको क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । तर यदि तपाईं केहि कुरामा ध्यान दिनुहुन्छ भने तपाईंको स्मार्टफोन र ल्यापटपको ब्याट्रि एक वर्ष बढि टिक्ने गर्दछ ।
ल्यापटप अथवा फोनको ब्याट्रिलाई यदि राम्रोसँग हेर्ने हो भने त्यसमा केहि निर्देशन दिइएको हुन्छ जसलाई हामी मध्ये धेरैले पढ्दैनौँ । कतिपय कुराहरु हामीलाई त्यहाँ दिइएको निर्देशनबाट थाहा हुन्छ भने कतिपय कुराहरु हामी तपाईंलाई अहिले बताउँदैछौँ ।
१. ब्याट्रिलाई अत्यधिक तापक्रमबाट टाढा राख्नुहोस्ः

२. फुल डिस्चार्जः
थुप्रै जानकारहरुका अनुसार ब्याट्रि फुल डिस्चार्ज हुनुभन्दा अगाडि नै चार्ज गर्नपर्ने हुन्छ । अर्थात जब तपाईंको फोन ४० प्रतिशत चार्ज भएको छ भने चार्जर निकाल्नुहोस् र केहि क्षण पछि त्यसलाई फेरि चार्ज गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई बढाउन मद्दत गर्दछ र चार्ज पनि धेरैबेरसम्म रहने गर्दछ । ब्याट्रि ओभर चार्ज हुनबाट बचाउनुहोस् किनभने यसले ब्याट्रिमा भएको लिथियम प्लेट खराब हुने गर्दछ ।
३. तेज चार्जिङ गर्ने चार्जरको प्रयोग नगर्नुहोस्ः
ल्यापटप अथवा मोबाइल तेज चार्ज गर्नबाट बचाउनुहोस् । कुनै पनि डिभाइस चार्ज गर्नका लागि ओरिजिनल चार्जरको प्रयोग गर्नुहोस् । यसले तपाईंको ब्याट्रि लाइफलाई सेफ राख्दछ ।
४. जहिले पनि केहि प्रतिशत चार्ज राख्नुहोस्ः
यदि तपाईं १ वा २ हप्ताको लागि कतै बाहिर जाँदै हुनुहुन्छ भने कम्तीमा ५० प्रतिशतसम्म मोबाइल अथवा ल्यापटप चार्ज गरेर मात्र बन्द गर्नुहोस् ता कि जब तपाईं बाहिरबाट आउनुहुन्छ, त्यसमा ब्याट्रिको मात्रा रहिरहोस् । यसले ब्याट्रिको भित्र भएको चार्जिङ पार्टिकललाई एक्टिभ राख्ने गर्दछ ।
५. नक्कली चार्जरबाट बच्नुहोस्ः
फुटपाथमा पाइने चार्जरहरुबाट बच्नुहोस् । यस्ता नक्कली चार्जरले तपाईंको डिभाइस चार्ज नभएता पनि गलत चार्जिङ लाइट देखाउने गर्दछ ।