आगामी मंसीर १९ गतेबाट देशव्यापी रिलिज हुन लागेको फिल्म ‘नाइके’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नाइके भूमिकामा रहेका आर्यन सिग्देललाई एक्सन अभिनेताका रुपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरको एक दृश्यमा आर्यनले ‘नाम किन चाहियो पहिचान नै काफी छ’ भन्ने संवादले ट्रेलरलाई मजबुत बनाएको छ ।
ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक नेत्र गुरुङ हुन् ।
फिल्ममा आर्यनसँगै सुर्बिना कार्की, रेम विक, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरीलगायतको अभिनय रहेको छ ।
बिष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण्ँ खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीको संयुक्त लगानी छ । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन र अर्जुन तिवारीको छायांकन छ ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=xHt9LN6xBLg