कोरोना भाइरसबाट पूरा संसार प्रभावित भएको छ। यो महामारीसँग लड्न बलिउड सेलिब्रिटीले पनि मद्दत गरिरहेका छन्। प्रियंका चोपडा, शाहरुख खान, अक्षय कुमार, सलमान खानसहित धेरै सेलिब्रिटी विभिन्न प्रकारका सहयोग लिएर अगाडि आएका छन्। धेरै स्थानमा गरिएको च्यारिटीपछि अभिनेत्री प्रियंकाले स्वास्थ्यकर्मीको पीडा अनुभव गरिन्।

प्रियंकाले फ्रन्टलाइन हेल्थकेयर वर्कसका लागि २० हजार थान फुटवेअर्स सहयोग गरेकी छन्। खबरअनुसार उनले कोरोना भाइरस महामारीबीच लसएन्जल्समा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि १० हजार फुटवेअर दान गरेकी छन् यसबाहेक पूरा भारतका सार्वजनिक र सरकारी अस्पतालका स्वास्थ्य सेवाकर्मीका लागि अतिरिक्त १० हजार जोडी जुत्ता पठाएकी छन्।

प्रियंकाले ‘क्रक्स सुज’ पठाएकी छन् ताकि घण्टौं काम गर्दा उनीहरूले सहज अनुभव गरून्। प्रियंका र उनका पति निक जोन्स लकडाउनबाट प्रभावित स्वास्थ्यकर्मीलाई मात्र होइन विद्यार्थी, महिला, गरिब परिवार र बच्चालाई पनि सहयोग गरिरहेका छन्। प्रियंकाले युनिसेफ, फिडिङ अमेरिका, डाक्टर्स विदाउट बोर्डर्स, नकिङ हंग्री, गिभ इन्डिया, आईएएचभी, फ्रैंड्स अफ एसिमा र पीएम केयर फन्डलाई डोनेसन दिइसकेकी छन्। यसका साथै उनले यो संकटको डटेर सामना गर्ने महिलाका लागि एक लाख डलर अर्थात् ७६ लाख भारतीय रुपैयाँ सहयोग गर्ने बताएकी छन्।

SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK