अब पर्सबाटै गर्नुहोस् तपाईको मोबाईल चार्ज

Posted On 12 November 2014 | By Tv Sansar

स्मार्टफोनको प्रयोगसँगै छिटो ब्याट्री सकिनु निकै ठूलो समस्या बन्दै गएको छ। बिहान चार्ज गरेको मोबाइलको ब्याट्री बेलुकीसम्म टिक्न धौ-धौ पर्छ। यही समस्यालाई सम्बोधन गर्न बिशेष पर्स आएको छ जसले तपाईको मोबाइल चार्ज गर्ने छ।

मानिसहरु अक्सर फोन र चार्जर बिर्सन्छन तर, खल्तीमा पर्स भने छुट्दैन्। त्यसैकारण बेलायतको फायरबक्स कम्पनीले यस्तो एउटा पर्स आबिस्कार भएको छ। जसमा ब्याट्री र फोन चार्जर पनि अट्याच हुन्छ।

यो आर्कषक लेदर पर्सभित्र ब्याट्री राखिएको छ र फोन चार्जर पनि जोडिएको छ। यो पर्सले तत्कालका लागि आइफोन र आइप्याडका लागि काम गर्ने छ।

छिटै महिलाका लागि पनि यस्तै पर्स बजारमा ल्याउन लागिएको फायरबक्सले जनाएको छ। यसको मूल्य जम्मा ७५ पाउन्ड (११ हजार ६ सय रुपैयाँ) रहेको छ।

SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK