चार हात तथा चार खुट्टा भएको अनौठो बालक जन्मिएपछि भारतको पश्चिम बंगालस्थित बरुइपुरमा हंगामा भएको छ। मानिसहरुले साक्षात ब्रम्हा भगवानको पुनर्जन्म भएको भन्दै त्यो बच्चालाई हेर्न झुम्मिएका छन्। चार हातपाउ भएको बच्चा इश्वरको अवतार भएको विश्वासमा टाढा टाढा सम्मका गाउँलेहरु समेत बरुइपुरमा बच्चा हेर्न आएको बताइएको छ। जसका कारण बरुइपुर सहरका सडकमा मानिसको भीड लाग्यो र भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ। 
अस्पतालमा रहेको उक्त बच्चाको दर्शन गर्न दिनुपर्ने भन्दै मानिसहरु अस्पताल बाहिर नारावाजी गर्दै भजनकिर्तन गरेका छन् । चारचार वटा हातपाउ भएको त्यो बालकको नाम नै इश्वर बालक राखिएको छ। छिमेकमै भगवान जन्मिएको भन्दै त्यो बच्चाका छिमेकीहरुले खुसी मनाइरहेको बताइएको छ। विज्ञहरुका अनुसार त्यो बच्चा इश्वरको स्वरुप नभै भ्रुणको विकाशका क्रममा भएको असन्तुलनको परिणाम हो। 

पाठेघरमा भएका दुइ भ्रुणमध्ये एउटा राम्रोसँग विकशित हुन नसक्दा अर्को भ्रुणमा टाँसिन पुग्दा यस्तो हुने विज्ञहरुको भनाइ छ। बच्चाका अतिरिक्त हातखुट्टाहरु अविकशित जुम्ल्याहाका हातखुट्टा हुन्। तर मानिसहरुले भने ती साक्षात भगवानको हातपाउ भनि बच्चाको दर्शन गर्न व्यग्र प्रतिक्षा गरिरहेको बताइएको छ।
SUBSCRIBE YOUTUBE CHANNEL

-- PHOTO SHOOT VIDEOS --

-- MUSIC VIDEOS --

X

FOLLOW US ON FACEBOOK